सफल/सुखद् वैवाहिक जीवनका लागि सधै ख्याल राख्नुस् यी १० कुरा…

काठमाडौँ । सुखद् दाम्पत्य जीवनको चाहाना त सबैको हुन्छ । तर सबैका चाहनाहरु पूरा हुँदैनन् । यहाँ अग्नीलाई साँची राखेर सातफेरा लगाएर विवाह गरेका दम्पतीदेखि वषौँको प्रेम सम्बन्धपछि घरजम बसालेकाहरुको पनि घरबार बिग्रिएको थुप्रै उदाहरणहरु छन् । कतिपय ठाउँमा दाम्पत्य जीवनको असन्तुष्टिकै कारण अप्रिय घटनाहरु समेत भएका छन् ।

कतिपय मनोवैज्ञानिक असर र ससाना कुराहरुले गर्दा पनि यस्ता खटपटहरु आउने गर्छन् । यहाँ आज हामीले दाम्पत्य जीवन सुखमय बनाउन अपनाउनुपर्ने केही उपायहरुका बारेमा चर्चा गर्दैैछौँ । विभिन्न खोजअध्यनहरुका आधारमा अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा यो समाग्री तयार गरिएको हो । तपशीलका सामान्य कुराहरुलाई तपाईँले नियमित रुपमा अनुसरण गर्नुभयो भने तपाईँका पनि पारिवारिक जीवन सुखमय बन्न सक्छ ।

भनिन्छ पतिपत्नी भनेका एकै सिक्काका दुई पाटा हुन् । एक रथका दुई पाङ्ग्राका रुपमा पनि अथ्र्याउने गरिएको छ । जुन एक किना अर्थै छैन अर्थका लागि र गुड्नका लागि दुबैको उत्तिकै महत्व हुन्छ । परिवार र वैवाहिक जीवन पनि रथ जस्तै हो । त्यसलाई सही ढङ्गले गुडाउन दुबै जना मिलेर लाग्नु पर्छ तब मात्रै बैवाहिक जीवन सफल हुन सक्छ ।

वैवाहिक जीवन सफल तथा सुखमय बनाउनका लागि दम्पतीले निकै ध्यान दिनु पर्ने हुन्छ । आफ्नो जीवनसाथीको बानीव्यहोरादेखि, उसका स–साना कुराहरूमा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ । वैवाहिक जीवनमा स–साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एक–अर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ । साथै आफ्नो जीवनसाथीलाई हरेक स–साना कुराहरू सेयर गर्ने जस्ले एक–अर्कामा विश्वास पैदा गर्न सकोस्, साथै एक–अर्कालाई विश्वास गर्न सक्नु पनि वैवाहिक जीवनलाई सहज रूपले अगाडि बढाउनु हो ।

वैवाहिक जीवनलाई सुखमय बनाउने उपाय 

– खासगरी पुरूषहरू शारीरिक सम्बन्धका लागि निकै हतार गर्छन् । तर, यो जरूरी छैन् की महिला हरेक समय पुरूषसँग शारीरिक सम्बन्धका लागि तयार होस् । यस्तोमा एक–अर्काको मुड र अवस्थाबारे बुझ्नु जरूरी हुन्छ । यदी दुईमध्ये एकले मात्र पनि शारीरिक सम्बन्धको इच्छा जाहेर नगरे दवाव दिनु राम्रो होइन् ।

– खुलेर कुराकानी गर्ने रोमान्टिक वातावरण र मुड सिर्जनाकालागि प्रयत्न गर्ने

– शारीरिक सम्बन्धका लागि विषेश गरी पुरूषले पहिले पहल सुरू गर्छन् । तर, कहिलेकाँही महिलाहरूले पनि यसको पहल गर्नुपर्ने हुन्छ ।

– तनावमा हुनुहुन्छ भने शारीरिक सम्बन्धका लागि जोडबल नगर्नुस् । आफ्नो पार्टनरको अगाडि खुसी हुने प्रयास गर्नुस्, यस्तो समयमा खुसी देखिनु नै राम्रो हुन्छ । मनैदेखि प्रेम अनुभुति गर्नुस्

– प्राय पुरूषहरू शारीरिक सम्बन्धपछि वा आफू स्खलित भएपछि आफ्नो पार्टनरको विचारै नगरी लुपुक्क सुत्ने गर्छन् । तर अध्ययन भन्छ यसो गर्नु राम्रो होइन, महिला साथीलाई सम्बन्धपछि पनि गफ गर्ने न्यानो अङ्गालोमा बेरिरहँदा उनीहरू खुसी हुन्छन् ।

– ओछ्यानमा कहिल्लै पनि मानसिक तनाव हुने कुरा गर्दै नगर्नुस् । ओछ्यानमा रहँदा सबै तनावलाई छाडेर जानु फाईदाजनक हुन्छ । पतिपत्नीबीच भरपुर प्यार गर्नुस् ।

– सम्बन्धमा एक–अर्कामा शंकाको लागि कुनै ठाउँ राख्नु हुँदैन । कतिपय कुराहरु समझदारीमा गर्नुस् कहिल्लै पनि नढाँट्नुस् । मान्छे न हो कहिलेकाहीँ गलती कमजोरी हुन सक्छ । एकअर्कालाई बुझ्नुपर्छ । जब आफ्नो पार्टनरमा कुनै असामान्य कुरा महसुस भए, उक्त कुराहरू एक–अर्काले खुलेर गरेर त्यसलाई समाधान गर्नु राम्रो हुन्छ ।

– परपुरुष वा परस्त्रीप्रतिको अभिरुची बन्द गर्नुस्, दम्पतीबीच नै इन्जोय फिल गर्नुस्

– वैवाहिक जीवन शारीरिक सम्बन्धमा मात्र सिक्नु राम्रो होइन । एक–अर्कामा साँचो प्रेम दिएर सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ । एकले अर्कालाई स्वीकार गर्न सक्नुपर्छ ।

– महिला सानातिना उपहारले पनि खुसी हुन्छन् । तपाईँले उनीहरुका साना कुरालाई ख्याल गर्नुभयो भने पनि उनीहरु औधी खुसी हुन्छन् । त्यसैले शारीरिक सम्बन्ध मात्रै होइन अन्य कुराहरुमा पनि एकअर्काप्रति समर्पित हुने गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *