मगरहरुले सफा गरे काठमाडौँको टुँडिखेल

काठमाडौँ । नेपाल मगर संघले काठमाडौँको टुँडिखेल सफा गरेको छ । नेपाल मगर संघ केन्द्रिय समितिको अगुवाइमा बिहीबार टुँडिखेल सफा गरिएको हो । मगरहरुको प्रमूख राष्ट्रिय पर्व माघे सकरातीको अवसरमा बुधबार मगर संघले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमका क्रममा भएको फोहर सफा गरिएको हो ।

चक्रपथ सरसफाई अभियान्ता तथा व्यवसायी डिबी आले मगरको नेतृत्वमा भएकाे टुँडिखेल सरसफाइ कार्यक्रममा मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरसहितको टोली खटिएको थियो । सरसफाइका लागि आवस्यक सामाग्री ८ वटा डोका र १०० थान पन्जा अभियान्ता आलेले साैजन्य गर्नुभएकाे थियाे ।

सरसफाइमा मगर महिला विद्यार्थी सम्पर्क समितिका पदाधिकारी तथा स्वयम सेवक गरी करिव २०० भन्दा बढी मगरहरुको सहभागिता रहेको अभियान्ता आलेले जानकारी दिनुभयाे । माघे सकराती पर्व – हाम्रो गौरव, सफा टुँडिखेल हाम्रो शान टुँडिखेल सरसफाइ अभियानको ब्यानर सहित उनीहरुले टुँडिलेलमा भएका प्लास्टिक, कागज, ब्यानर, ब्यानर लगायतका सबै फोहरको ब्यवस्थापन गरेका थिए ।

तस्विरमा हेर्नुस् मगर संघको टुँडिखेल सरसफाइ-

तस्विर / साकार पुलामी मगर 

यो पनि पढ्नुस् –

काठमाडौँको टुँडिखेलमा यस्तो देखियो मगरहरुको माघे सकराती (फोटो फिचर)

मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *