नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पुर्जी जारी गरेको छ । अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिए लगत्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीबिरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । लगतै प्रहरी उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिनुभएको थियो ।
प्रसाईँले गएको पुस २३ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूसँग डा. गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।