What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

काठमाडाैँकाे सानाेभर्याङमा शक्तिशाली कुकर बम विस्फोट ( अपडेट )
What To Know
- काठमाडौं । बालुवाटारकाे ललिता निवास बिक्री प्रकरणका मुख्य कारोबारी भनिएका शोभाकान्त ढकालको सानोभ¥याङस्थित नर्सरी चोकमा रहेको निवासमा बुधबार साँझ ८ बजेतिर बम विस्फोट भएको छ । विस्फोटमा ढकालको घरको एउटा प्रवेशद्वारको फलामको गेटमा क्षति पुगेको छ ।.
- साथै घरको कम्पाउण्डभित्र रहेको बा ५ च ९५५९ नम्बरको निजी कार पनि पूर्णरुपमा क्षति पुगेको छ भने ढकालका छिमेकीका केही घरका सिसा पनि फुटेका छन् । प्रत्यक्षदर्शीका अनुसार दुई महिलाले बम राखेर फर्कने क्रममा विस्फोट भएको र उनीहरु पनि चिच्याउँदै भागेको जानकारी दिएका छन् । तर ती महिला को हुन् भन्ने अझै खुल्न सकेको छैन ।.
काठमाडौं । बालुवाटारकाे ललिता निवास बिक्री प्रकरणका मुख्य कारोबारी भनिएका शोभाकान्त ढकालको सानोभ¥याङस्थित नर्सरी चोकमा रहेको निवासमा बुधबार साँझ ८ बजेतिर बम विस्फोट भएको छ । विस्फोटमा ढकालको घरको एउटा प्रवेशद्वारको फलामको गेटमा क्षति पुगेको छ ।
साथै घरको कम्पाउण्डभित्र रहेको बा ५ च ९५५९ नम्बरको निजी कार पनि पूर्णरुपमा क्षति पुगेको छ भने ढकालका छिमेकीका केही घरका सिसा पनि फुटेका छन् । प्रत्यक्षदर्शीका अनुसार दुई महिलाले बम राखेर फर्कने क्रममा विस्फोट भएको र उनीहरु पनि चिच्याउँदै भागेको जानकारी दिएका छन् । तर ती महिला को हुन् भन्ने अझै खुल्न सकेको छैन ।
घटनाका बारेमा स्वयम्भू प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक लालध्वज सुवेदीले घटनाको पुष्टि गर्दै दोषीको खोजी भइरहेको जानकारी दिनुभयो । घटनामा पैदल यात्रामा रहेका गोरखाका कुमार भट्टराई सामान्य घाइते भएका छन् ।
विस्फोट चन्दसमूहले गराएकाे पुष्टी
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ चन्द समूहले बम विस्फोट गराएको खुलेको छ । चन्द समूहले कुकर बम विस्फोट गराएको प्रहरीको प्राम्भीक अनुसन्धानबाट खुलेको हो।घटनास्थलमा चन्द समूहका पर्चाहरु भेटिएका छन्।
महानगरीय प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार बढी क्षति गराउन कुकरभित्र फलामका किला राखिएको अवस्थामा भेटिएको छ ।
विस्फोट गराउने टोलीको खोजी गर्न सीआईबी, प्रहरीको विशेष ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बालाजुको टोली खटिएका छन्। यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीले समेत विस्फोट गराउनेको पहिचान गर्न आफ्ना संयन्त्रलाई तैनाथ गराएका छन्।