ब्याटिङ नचल्दा एेतिहासिक खेलमा नेपालको हार

काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो ।

नेपालका लागि कप्तान पारस खड्काले १२, अनिलकुमार साहले २१, दीपेन्द्रसिंह ऐरीले ३३, शक्ति गौचनले नौ र शरद भेषवाकरले चार रन बनाएका थिए । आरिफ शेख, करण केसी, सोमपाल कामी र वसन्त रेग्मी शून्यमै आउट भएका थिए भने सन्दिप लामिछानेले एक रन जोडेका थिए ।

नेपाललाई १३४ रनमा समेट्ने क्रममा नेदरल्याण्डसँगका एफ जे क्लासेनले तीन, एमजेजी रिप्पोनले तीन, पिएम सिलारले तीन र बिएफडब्लु डि लिडेले एक विकेट लिएका थिए ।

सन् २०१४ पछि पहिलोपटक एकदिवसीय खेल खेलेको नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिएका थिए ।

नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रन मात्र दिएका थिए । त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक÷एक विकेट लिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *