गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

मन्त्री ढकाल र बास्कोटालाई थप जिम्मेवारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।
मन्त्री ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयका कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अघि संघीय समाजवादी पार्टीका दुई मन्त्रीहरूले पदबाट राजीनामा दिए पछि ती मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्दै आउनु भएकोमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँहरूलाई थप जिम्मेवारी तोक्नुभएको हो ।