बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

लोकसेवा आयोगले ठूलो सङ्ख्यामा खुलाउँदै नासुमा नयाँ विज्ञापन
काठमाडौँ । लोकसेवा आयोगले नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी गरेको छ ।
आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको हो । यसको गृहकार्य अन्तिम चरणमा पुगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने तयारी गरेको हो ।
संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ । रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा आयोगले पदपूर्ति गर्न लागेको आयोगले जनाएको छ । कृषि, वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय, प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० पदमा विज्ञापन गर्न लागिएको छ । ०००