हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
किन दले खाेकनाका स्थानीयले आफ्नै मुखमा मोसो
काठमाडौं । बिरोध स्वरुप सामान्यतः नारा जुलुस लगायतका कार्यक्रमहरु हुने गर्छन् तर पछिल्लो केही समययता बिरोधका पनि नयाँ नयाँ शैली अपनाउन थालिएको छ । केही साता पहिले भक्तपुरमा रुखरुखमा ठेकेदारको फोटो झुण्ड्याएर बिरोध गरिएको थियो । मंगलबार ललितपुरको खोकनामा पनि यस्तै नयाँ शैली अपनाएर बिरोध प्रदर्शन भएको छ ।
तराई मधेस फास्ट ट्रयाकको विरोधमा ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेका हुन् । खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका हुन् ।
फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतका योजनामा स्थानीयको जग्गा र साँस्कृतिक संरचना मास्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । सरकारले आफूहरुको कुरा सुन्दै नसुनेकाले विरोधको नयाँ स्वरुप अवलम्बन गरेको बिरोधमा सहभागीले बताए ।