यसरी घरमै बनाउनुहाेस् च्याउको स्वादिष्ट अचार (भिडियो सहित)

काठमाडौं । भनिन्छ तरकारीमा दम भएन भने खाेजिन्छ अचार । तर नेपाली तथा भारतीय भान्सामा भने विभिन्न परिकारका अचार अक्सर टुट्दैन । माैषम अनुसार बन्ने अमिलाे, पिराे, नुनिलाे सबै कुराकाे मात्रा मिलेकाे स्वादिष्ट अचारकाे नाम सुन्दैमा पनि धेरैकाे मुख रसाउँछ । परिवारको सानो भान्सा होस् या सयौं मानिस भेला हुने ठूलो भोज होस्, अचार बिना खानपान अधुरो जस्तै हुन्छ भन्दा पनि फरक पर्दैन । अचार विभिन्न फलफूल तथा तरिकारीको बनाउन सकिन्छ । आज हामी यहाँ च्याउकाे अचार बनाउने रेसिपी सेयर गर्दैछाैँ । सुन्दा अचम्म लाग्न सक्छ च्याउकाे पनि अचार हुन्छ र भन्ने पनि लाग्नसक्छ तर तरकारीको रुपमा अत्यन्तै मन पराउने च्याउको अचार पनि निकै स्वादिष्ट हुन्छ ।

आवश्यक सामग्री

च्याउ

हरियो खुर्सानी, अदुवा, लसुन, तीलको धुलो

खुर्सानीको धूलो, जिरा धनियाँको धूलो

कागतीको रस, नुन, बेसार, मेथी

विधि

एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि मेथी फुराउने ।

अब त्यसमा अदुवा, लसुन, हरियो खुर्सानी राखेर एकैछिन फ्राई गर्ने ।

त्यसपछि त्यसमा च्याउ राख्ने र हल्का खैरो नहुन्जेल फ्राई गर्ने ।

अब त्यसमा बेसार, जिरा धनियाँ पाउडर, खुर्सानी र नुन राखेर चलाउने र केही छिन पकाउने ।

त्यसपछि त्यसमा तीलको धूलो र कागतीको रस राखेर राम्रोसंग चलाउने र पकाउने ।

यसरी बनाएकाे च्याउकाे अचार निकै मिठाे हुन्छ । आज घरमा बनाएर खाने प्रयास गर्नुस् नयाँ स्वाद नयाँ परिकार थप रिसिपीका लागि भिडियाे पनि हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *