बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ जेठ तथा असार महिनामा सञ्चालन गरेकाे चार वर्षे बीएड तेस्रो वर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजा हेर्नको लागि नेपाल टेलिकम (एनटीसी)को नम्बरबाट 4BED लेखेर एक स्पेस छाेडी आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।