काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
अमर इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाउने
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रजहरस्थित अमर इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाउने भएको छ । विद्यालय सञ्चालनको २५ औं वर्ष प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउन लागेको शुक्रबार विद्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
रजत जयन्ती यही मंसिर ३० देखि पौष ४ गतेसम्म विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको विद्यालयका प्रिन्सिपल पदम बरालले जानकारी दिनुभयो । प्रिन्सिपल बरालका अनुसार मंसिर ३० गते शोभा यात्रा तथा उद्धघाटन समारोह, १ गते बृहत रक्तदान तथा अन्तर विद्यालय नृत्य प्रतियोगिता, पौष २ गते जेष्ठ नागरिक सम्मान तथा खुल्ला भजन प्रतियोगिता, ३ गते भु.पू शिक्षक, विद्यार्थी तथा अभिभावक पुर्नमिलन कार्यक्रम, पौष ४ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालालाई सहयोग हस्तान्तरणको कार्यक्रम रहेको छ ।
त्यस्तै प्रिन्सिपल बरालले स्व.बुवाआमाको स्मृतिमा १ लाखको अक्षयकोष देवचुली माध्यमिक विद्यालय रजहरलाई हस्तान्तरण्त गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संञ्चालन शिक्षक पदम भुर्तेलले गर्नुभएको थियो । ०००