हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
यी हुन् नेपालले जितेका ऐतिहासिक ५१ स्वर्ण, हेर्नुस् कसकसले जिते नामावलीसहित
काठमाडौँ । घरेलु मैदानमा आज सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालले ५१ स्वर्ण जितेको छ । दशरथ रंगशालामा सम्पन्न पुरुष फुटबलको उपाधि जितेसँगै नेपालले ५१ स्वर्ण जितेको हो । नेपालले ५५ रजत र ८९ कास्य गरी कुल एक सय ९५ पदक हात पारेको छ । नेपाल पहिलो पटक दोस्रो स्थानमा पुगेको हो ।
नेपालले २६ खेलमा २५ खेलमा पदक हात पार्न सफल भएको छ । सुटिङ खेलमा भने नेपाल पदकविहीन बन्यो । यसपटकको सागमा नेपालले १२ वटा फरक खेलमा स्वर्ण जित्न सफल भयो । यसपटकको सागमा नेपालले एथ्लेटिक्स, पौडी, बक्सिङ, भारत्तोलन, फुटबल, कराते, तेक्वान्दो, साइक्लिङ, ट्रायथोलन, जुडो, उसु लगायतका खेलमा स्वर्ण हात पार्यो ।
नेपालबाट स्वर्ण जित्ने खेलाडीको नामावली हेर्नुहोस ।
कराते :
मण्डेकाजी श्रेष्ठ (एकल काता)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )
निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–
लक्ष्मण तामाङ (५५ केजी कुमुते)
विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)
कुसुम खड्का (४५ केजी मुनी)
अनु अधिकारी (५० केजी मूनि)
नवीन रसाइली (६७ केजी)
सुनिता महर्जन (६८ केजी)
अनुपमा मगर (६८ केजी)
तेक्वान्दो :
कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )
सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )
पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )
आयशा शाक्य (२९ वर्ष माथि पुम्से )
आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)
निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)
काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)
वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)
संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
सक्षम कार्की (८७ केजी गेरुगी)
भुपेन श्रेष्ठ (८७ गेरुगी)
ट्रायथलन :
सोनी गुरुङ
हिमाल टमाटा
उसु :
विजय सिन्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दीपक हमाल (थाउलो)
निमा घर्तीमगर (थाउलो-नान्दौ)
जुनी राई (सान्डा सान्सो)
एथलेटिक्स :
सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर )
किरण सिंह बोगटी (म्याराथन)
साइक्लिङ :
राजेश मगर (डाउनहिल)
निश्मा श्रेष्ठ (डाउनहिल)
लक्ष्मी मगर (क्रस कन्ट्री)
वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)
बक्सिङ :
सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )
पौडी :
गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
गय्रिका (१०० मिटर फ्रिस्टाइल)
भारोतोलन :
सन्जु चौधरी (५९ केजी )
विकास थापा (पुरुष ८९ केजी ताैल )
जुडो :
पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
देविका खड्का (महिला ५२ केजी मुनि)
गल्फ :
सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ (पुरुष टिम इभेन्ट्स )
फुटबल :
पुरुष फुटबल
कुस्ती :
संगीता धामी