सकियो १३ औँ साग, नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ । घरेलु मैदानमा आज सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालले ५१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न पुरुष फुटबलको उपाधि जितेसँगै नेपालले ५१ स्वर्ण जितेको हो । नेपालले ५५ रजत र ८९ कास्य गरी कुल एक सय ९५ पदक हात पारेको छ । नेपाल पहिलो पटक दोस्रो स्थानमा पुगेको हो । नेपालले २६ खेलमा २५ खेलमा पदक हात पार्न सफल भएको छ । सुटिङ खेलमा भने नेपाल पदकविहीन बन्यो ।

यसपटकको सागमा नेपालले १२ वटा फरक खेलमा स्वर्ण जित्न सफल भयो । यसपटकको सागमा नेपालले एथ्लेटिक्स, पौडी, बक्सिङ, भारत्तोलन, फुटबल, कराते, तेक्वान्दो, साइक्लिङ, ट्रायथोलन, जुडो, उसु लगायतका खेलमा स्वर्ण हात पार्यो ।

यस्तै एक सय ६५ स्वर्णसहित भारत पहिलो भएको छ । उसले ९२ रजत र ४४ कास्य गरी तीन सय एक पदक कब्जा गर्न सफल भएको छ । यता श्रीलंका ३९ स्वर्ण, ८१ रजत र १२३ कास्यसहित दुई सय ४३ पदक जित्न सफल भएको छ । पाकिस्तान भने ३० स्वर्ण, ३८ रजत र ५५ कास्य आफ्नो पोल्टामा पार्न सफल भयो ।

यसैगरी बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८६ कास्य हात पा¥यो । यस्तै माल्दिभ्स– एक स्वर्ण र तीन कास्यमा चित्त बुझाउन बाध्य भयो । भुटान भने स्वर्णविहीन रह्यो । उसले सात रजत र १३ कास्य गरी २० पदक हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *