साग फुटबल : अण्डरडग भूटानसँग उपाधि भिडण्त आज

काठमाडौँ । घरेलु मैदानमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले आज (मंगलबार) भुटानको सामना गर्दैछ । आयोजक नेपालले जारी सागको समापनमा फुटबलको फाइनल खेल खेलाउने तयारी गरेको हो । खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो ।

पहिलो खेलमा भुटानलाई नेपालले ४–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । बगलादेशलाई हराउँदै नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाईनल प्रवेश गरेको हो ।

भुटान फुटबलको इतिहासमै पहिलो पटक सागको फाइनल पुगेको हो । भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १–० को अप्रत्यासित जित निकालेको थियो । दोस्रोमा नेपालसँग पराजित भएपनि तेस्रोमा माल्दिभ्सलाई २–१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहीन छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *