What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
What To Know
- कास्की । साेमबार पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो । दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए । खेल शुरु भयो । भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो ।.
- आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफि प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे । खेल मैदानमा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन राखेप सदस्यलगायतका पदाधिकारीको उपस्थिति थियो । मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे ।.
कास्की । साेमबार पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो । दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए । खेल शुरु भयो । भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो ।
आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफि प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे । खेल मैदानमा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन राखेप सदस्यलगायतका पदाधिकारीको उपस्थिति थियो । मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे ।
मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक रहनुभएका मन्त्री पुनले खेलाडीको अनुहारभरी पराजितको पीडा देखेपछि आफूलाई रोक्न सक्नुभएन । आँखाभरी आँशु पार्दै उहाँले नेपाली खेलाडीलाई मेडल वितरण गर्नुभयो ।
मन्त्री पुनले रासससँग छोटो कुराकारानीमा आँखाको आँशु पुछ्दै भन्नुभयो, “नेपाली खेलाडी छोरीहरु निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन उनीहरुको अनुहारमा पराजित हुनुपरेको पीडाले मलाई निकै भावुक बनायो, छोरीहरु निराश हुँदा मेरो आँखामा आँशु रोकिएन ।” उहाँले आँशु पुछ्दै फेरि भन्नुभयो, “नेपाली छोरीहरुको अनुहारमा पराजित हुँदाको पीडाले मैले आँशु थाम्न सकिन ।” उहाँले नेपाली खेलकूदमा लगानीको खाँचो रहेको औल्याउनुभयो ।
मन्त्री पुनले भन्नुभयो “नेपाली महिला फुटबल खेलाडीको उत्साहले मलाई निकै गर्व लागेको छ ।” आउने दिनमा उनीहरुलाई हामीले लगानी गर्न सके अन्तर्राष्ट्रिय जगतमा उनीहरुबाट नेपालको नाम थप उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको उहाँको प्रतिक्रिया थियो । उहाँले हारजित स्वभाविक हुने भन्दै सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएको र भारतको टोलीलाई जित्न सफल भएकामा बधाई दिनुभयो ।