काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
बेसाएर खाएर मात्र गाउँमा समृद्धि आउँदैन : पूर्व उपप्रधानमन्त्री केसी
कौरव खत्री
बागलुङ । पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर मात्र समृद्धि नआउने बताउनुभएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ५ बसाहफाँटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको उद्घाटन गर्दै केसीले यस्तो बताउनुभएको हो ।
केसीले भारतले सीमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको संम्भवत पहिलो पटक भएको भन्दै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक, राजनैतिक दल, पत्रकार, र आम नागरिक एकै ठाउँमा भएको बताउँदै राष्ट्रियताको पक्षमा सवै नागरिक एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
यहाँबाट हामी मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गर्रौ उहाँले भन्नुभयो, युवाहरुले यहाँ उत्पादन भएका वस्तुलाई विदेशमा पठाउने कार्यमा लागेर उत्पादनशिल काममा सबैजना लाग्नुपर्छ आफै बिदेश जाने होइन ।
गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापनाको लागि नेपाल सरकार सकारात्मक रहेको बताउँदै उहाँले छिट्टै गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापना हुने बताउनुभयो ।
केसीले विगतमा देशमा राजनीति स्थिरता नहुँदा विकास हुन नसकेको हुँदा, अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने आशा ब्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भावी पुस्तालाई देश जस्ताको तस्तै सुम्पन अहिलेका पुस्ताको दायित्व भएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा पूर्व बनमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गलकोट क्षेत्र पर्यटकीय संम्भावना बोकेको क्षेत्र रहेको हुँदा यहाँको विकासका निम्ति सवै राजनीतिक दलहरु एकै ठाउँमा हुनुपर्ने बताउनुभयो । नेता भण्डारीले शहिद थिरबम मल्लको गाउँको विकासका निम्ति नेपाली काँग्रेसले सधै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
संघीय सांसद ज्ञानकुमारी छन्त्यालले समृद्ध नेपाल सुखी नेपालीको नारा कागजमा सिमित रहेको बताउँदै अव सबै तहका सरकार मिलेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । यस्तै गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले गलकोटको समृद्धिको लागि प्रदेश सरकारले सहकार्य गर्ने बताउनुभयो । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा मगरले गलकोटलाई समृद्ध बनाउन सकेमा गण्डकी प्रदेश नै समृद्ध बन्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाको समग्र विकास र पर्यटन प्रवद्र्धनको लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सबै तहका सरकारवीच सहकार्य बिना समृद्धि कागजमा मात्रै सिमिति हुने बताउनुभयो ।
मंसिर ११ गते सम्म सञ्चालन हुने महोत्सवमा लोक दोहोरी गित प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, स्थानीय उत्पादनको प्रर्दशन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजकले जनाएको छ ।