What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

काठमाडौँदेखि गुल्मीको आपचौरसम्म दैनिक एसी डिलक्स बस
What To Know
- धौलागिरी गण्डकी यातायात सेवा प्रालि मार्फत काठमाडाँैदेखि गुल्मीको मुसिकोट नगरपालिका ६ आपचौर तल्लाफाँटसम्मका नागरिकहरुको सहजताका लागि पहिलो पटक सिधै एसी डिलक्स बस सेवा विस्तार गरिएको केसीले बताउनुभयो । यस क्षेत्रका स्थानीयवासीन्दाहरुको आवश्यकता एवं मागलाई मध्यनजर गर्दै सेवालाई निरन्तरता र थप सेवा विस्तार गर्न सकिने अध्यक्ष केसीले बताउनुभयो ।.
- साथै मुसिकोट नगरपालिका ६ आपचौर तल्लाफाँटदेखि बस सेवा भने दैनिक रुपमा दिउँसो पौने २ बजे काठमाडौँका लागि छुट्ने गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रालिले जनाएको छ । बडादशैलाई मध्यनजर गर्दै आइतवारदेखि आम नागरिकहरुको सहजताका लागि अग्रिम टिकट बुकिङ्गको व्यवस्था गरिएको बुकिङ्ग इन्चार्ज गणेश गौतमले जानकारी दिनुभयो ।.
कौरव खत्री
गुल्मी । गुल्मीको आपचौर तल्लाफाँटसम्मका लागि दैनिक रुपमा काठमाडौँदेखि सिधै एसी डिलक्स बस सेवा सुरु भएको छ । काठमाडौँदेखि दिउँसो साढे ३ बजे दैनिक रुपमा छुट्ने एसी डिलक्स बस पोखरा, बागलुङ हुदै मध्यपहाडी लोकमार्ग भएर हटिया हुँदै गुल्मीको वामीटक्सार, भुवाचिदी भएर गुल्मीको आपचौर तल्लाफाँटसम्म पुग्ने धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी जानकारी दिनुभयो ।
धौलागिरी गण्डकी यातायात सेवा प्रालि मार्फत काठमाडाँैदेखि गुल्मीको मुसिकोट नगरपालिका ६ आपचौर तल्लाफाँटसम्मका नागरिकहरुको सहजताका लागि पहिलो पटक सिधै एसी डिलक्स बस सेवा विस्तार गरिएको केसीले बताउनुभयो । यस क्षेत्रका स्थानीयवासीन्दाहरुको आवश्यकता एवं मागलाई मध्यनजर गर्दै सेवालाई निरन्तरता र थप सेवा विस्तार गर्न सकिने अध्यक्ष केसीले बताउनुभयो ।
साथै मुसिकोट नगरपालिका ६ आपचौर तल्लाफाँटदेखि बस सेवा भने दैनिक रुपमा दिउँसो पौने २ बजे काठमाडौँका लागि छुट्ने गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रालिले जनाएको छ । बडादशैलाई मध्यनजर गर्दै आइतवारदेखि आम नागरिकहरुको सहजताका लागि अग्रिम टिकट बुकिङ्गको व्यवस्था गरिएको बुकिङ्ग इन्चार्ज गणेश गौतमले जानकारी दिनुभयो ।
साथै काठमाडौँदेखि गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारसम्मका लागि प्रतिव्यक्ति रु.१ हजार ४ सय ३५ रुपैयाँ, सोही नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदीका लागि प्रतिव्यक्ति रु.१ हजार ४ सय ८५ रुपैयाँ तथा सोही नगरपालिका ५ आपचौर तल्लाफाँटका लागि प्रतिव्यक्ति रु.१ हजार ५सय ५० रुपैया बसको भाडा दर कायम गरिएको छ ।
साथै बस सेवाका बारेमा थप जानकारी लिन चाहेमा बुकिङ्ग इन्चार्ज गणेश गौतम सम्र्पक नं. ९८४११२५१६१मा फोन गरेर जानकारी लिन सकिने छ ।