लामो समय पिसाब रोक्नुहुन्छ ? सावधान ! हुनसक्छ यस्ता खतरा

एजेन्सी । धेरै ब्यक्तिहरुको बानी हुन्छ पिसाब आएजस्तो महसुस भए पनि लामो समय रोकिराख्ने । कहिले कहिं हामी गरिराखेकाे काम सिध्याउने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ । कहिले अन्य विभिन्न व्यस्तताका कारण पनि राेकिन्छ भने कहिले आफ्नै अल्छीपनाले लामाे समय पिसाब रोकेर बसिन्छ । के तपाईँको पनि यस्तै आदत छ ? सावधान ! चिकित्सकहरुका अनुसार यसरी लामो समय पिसाव रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले शरीरमा गम्भिर खालको स्वास्थ्य समस्या समेत ल्याउन सक्छ । यहाँ हामीले चिकित्सक र बिभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका अनलाइन विवरणहरुका आधारमा लामो समय पिसाब रोक्दा स्वास्थ्यमा हुन सक्ने खतराहरुका बारेमा चर्चा गर्दैछौँ ।

  • लामो समय पिसाब रोक्नालो युरिनरी ब्लेडर, किड्नी अथवा पिसाब नलीमा पोल्ने वा चिलाउने समस्या आउन सक्छ । किड्नीका लागि पनि धेरै हानिकारक छ ।
  • किड्नीको कार्य प्रणालीमा बाधा हुन सक्छ भने किड्नीको कार्यक्षमता समेत प्रभाबित हुन्छ । यसले किड्नी पत्थरी वा किड्नी संक्रमण हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
  • शरीरको अशुद्धिहरु वा बिकार तत्वहरु पिसाबका माध्यमबाट बाहिर निस्किन्छ । तर यदि समयमा मुत्र त्याग नगर्ने हो भने शरीरमा बिभिन्न संक्रमण हुनसक्ने खतरा पनि बढेर जान्छ । यसका सागै किड्नीका पनि असर पर्छ ।
  • लामो समय पिसाब रोक्नाले यूरिनरी ट्रेक्ट इन्फेक्सन या मुत्रनली संक्रमण हुन सक्ने खतरा पनि बढेर जान्छ । यसले तपाईँको स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ ।
  • यसका साथै ब्लेडरमा चिलाउने खतरा बढेर जान्छ भने पिसाब गर्ने बेला समेत पोल्ने वा दुख्ने समस्या पनि हुनसक्छ ।
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *