बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेकपाले टुगों लगायो महानगरका अध्यक्ष र सचिव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरमा रहेका छव टा महानगरपालिका पार्टी अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुयभो । काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको उहाँले बताउनुभयो । ललितपुर महानगरको अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ ।
त्यसैगरि पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई चयन गरेको छ । वीरगञ्ज महानगरमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगर महानगरमा सागर थापा र हेम कार्कीलाई पार्टीले चयन गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।