नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

काठमाडौँको गोलढुङ्गामा गुण्डा समात्न प्रहरीले गोली चलायो
काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुन्डालाई पक्राउ गर्न काठमाडौंको गोलढुंगामा गोली चलाएको छ ।
प्रहरीको खोजी सूचीमा रहेका नजोक भन्ने साजन गुरुङलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाएको हो । साजनको एउटा खुट्टाको तिघ्रा र अर्को खुट्टाको घुँडामा गोली लागेको जनाइएको छ ।
धादिङका ३३ वर्षीय साजन कर्तव्य ज्यान मुद्धामा तीन वर्ष जेल बसेर गत वर्षको असारमा छुटेका हुन् । प्रहरी स्रोतका अनुसार चर्चित गुन्डा नाइके समिरमान बस्नेत समूहमा पनि उनी हिँड्ने गरेको बताइएको छ । प्रहरीलाई ज्यान मार्नेसम्मको धम्की साजनले दिने गरेको प्रहरीको आरोप छ ।