What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भिडियो कन्फ्रेन्सप्रति प्रतिपक्षी कांग्रेसको आपत्ती
What To Know
- प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउदै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेकोमा आपत्ती जनाएका हुन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा आपत्ती जनाउनुभयो ।.
- मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको भन्दै कार्यविधिमा भएको संसोधन अबिलम्ब संसोधन गरेर पुर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।.
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ती जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउदै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेकोमा आपत्ती जनाएका हुन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा आपत्ती जनाउनुभयो ।
उहाँले भन्नुभयो “प्रधानामन्त्री काठमाण्डौमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रीपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संसोधन गरिएको छ । यो विल्कुलै अनुचित छ । यसबाट सुचना चुहिने र गोपनियता पनि लिक भएर जाने गम्भीरता पनि रहन्छ ।”
प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउदै उहाँले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको भन्दै कार्यविधिमा भएको संसोधन अबिलम्ब संसोधन गरेर पुर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो “यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक संचालन गर्न मिल्ने हो भने यदि भोली सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू ?”
सभामुखले बैठक सुरु भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिनुभएको थियो । ०००