What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
What To Know
- काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज पुनः सिंगापुर जानुभएको छ । आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको बताएपनि उपचार गराएर फर्केको एक सातामै दोस्रोपटक उपचारकै लागि सिंगापुर जानुभएको हो ।.
- १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्किनु भएको थियो । पछिल्लो पटकको प्रधानमन्त्रीले प्रयोग गरिरहेको औषधिको मात्राहरु परिवर्तन गरिएको र त्यसमा थप फलोअप गर्नका लागि सिंगापुर जानुभएको हो ।.
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज पुनः सिंगापुर जानुभएको छ । आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको बताएपनि उपचार गराएर फर्केको एक सातामै दोस्रोपटक उपचारकै लागि सिंगापुर जानुभएको हो ।
प्रधानमन्त्री ओली विहिबार अपरान्ह साढे १ बजे थाई एयरको उडान नम्बर न्त् घद्दण् बाट सिंगापुर प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली भदौ २० गते फर्किने बताइएको छ ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्किनु भएको थियो । पछिल्लो पटकको प्रधानमन्त्रीले प्रयोग गरिरहेको औषधिको मात्राहरु परिवर्तन गरिएको र त्यसमा थप फलोअप गर्नका लागि सिंगापुर जानुभएको हो ।
प्रधानमन्त्रीलाई विदाई गर्नका लागि सरकारका मन्त्रीहरु, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । साथै नेकपाका अन्य नेता कार्यकर्ताहरुकोको पनि बाक्लो उपस्थिति थियो । ०००






