नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

यू-१९ एशिया कपका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । यू-१९ एशिया कपका लागि नेपाली टोलीको घाेषणा भएकाे छ । श्रीलंकामा भदाै १९ देखि २८ गतेसम्म एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने खेलका लागि रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली चयन भएको नेपाली राष्ट्रिय टोलीका टिम एनलिस्ट रमण शिवाकोटीले जानकारी दिए ।
एसिया कपको छनोटमा बैकल्पिक खेलाडीमा परेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । टोलीमा रित गौतम, पवन सर्राफ, भीम कार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, लोकेशबहादुर बम र प्रतिस जीसी रहेका छन्।
२० गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिनका लागि नेपाली टोली भदाै ७ गते श्रीलंका प्रस्थान गर्ने छन्। स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ ।
प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, कुवेत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्ने छन्। नेपाल समूह बी रहेका छ जसमा श्रीलंका, बंगलादेश र यूएई रहेका छन्।