यू-१९ एशिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ ।  यू-१९ एशिया कपका लागि नेपाली टोलीको घाेषणा भएकाे छ । श्रीलंकामा भदाै १९ देखि २८ गतेसम्म एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने खेलका लागि रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली चयन भएको नेपाली राष्ट्रिय टोलीका टिम एनलिस्ट रमण शिवाकोटीले जानकारी दिए ।

एसिया कपको छनोटमा बैकल्पिक खेलाडीमा परेका  सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । टोलीमा रित गौतम, पवन सर्राफ, भीम कार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, लोकेशबहादुर बम र प्रतिस जीसी रहेका छन्।

२० गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिनका लागि नेपाली टोली भदाै ७ गते श्रीलंका प्रस्थान गर्ने छन्। स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ ।

प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, कुवेत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्ने छन्। नेपाल समूह बी रहेका छ जसमा श्रीलंका, बंगलादेश र यूएई रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *