नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एका बिहानै सोलुखुम्बुमा भूकम्पको धक्का
काठमाडौँ। सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।