जब एक गरीब किसानकी छोरी, मुस्लिम महिलाले लोकसेवा पास गरिन्

एजेन्सी । मनमा दृढ इच्छाशक्ति हुनुपर्छ आफ्नो लक्ष्यप्राप्तीका लागि चाहे जतिसुकै अप्ठ्यारो नै आओस् वा लक्ष्यको दुरी जतिनै टाढा किन नहोस् मानिस सफल भएरै छोड्छ । सफलता असफलता दुबै मानिस आफ्नै हातमा हुन्छ । यसैको गतिलो उदाहरण हुन् मेहनाज खान जसले लोकसेवा परीक्षा पास गरिन् र आफ्नो मात्र होइन सिङ्गो गाउँकै नाम रोशन गरिन् ।

यो खबर भारतको हो । ग्रामीण गरिब किसान परिवारमा जन्मिएकी मुस्लिम महिला उनले हालै पीसीएसजे परीक्षा पास गरेर सरकारी वकिल बनेकी छिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार पीसीएस जे परीक्षा २०१८ को गत शनिबार नतिजा प्रकाशन भएको थियो । उक्त परीक्षा गोंडाकी आकांक्षा तिवारीले टप गरेकी छिन् ।

नेपालमा लोकसेवा परीक्षामा समाबेसिताको विषयलाई लिएर आन्दोलन चलिरहेका बेला भारतमा भने एक मुस्लिम महिला त्यो पनि साधारण परिवारमा हुर्किएकी सरकारी वकिल बन्न सफल भएकी छिन् । शामलीको बनती खेडामा रहने पूर्वप्रधान महरवानका छोरासँग उनको केहीसमय पहिले विवाह भएको थियो । पढाइप्रति रुची राख्ने उनलाई विवाहपश्चात पनि परिवारले साथ दिएको समाचारहरुले उल्लेख गरेका छन् ।

भारतीय अनलाइन वन इंडियाका अनुसार मेहनाज खान एक किसानकी छोरी हुन् । उनको पारिवारिक आर्थिक अवस्था पनि सामान्य छ । उनका पिताले उनलाई मेहनत पुर्वक काम गरेर पढाए । र गररछोरीको सपना पूरा गर्न सहयोग गरे । उनको सफतासँगै परिवारमा मात्र होइन गाउँमै उत्साह छाएको समाचारमा जनाइएको छ ।

कृष्ण पब्लिक स्कूलमा कक्षा १२ सम्म अध्ययन गरेकी उनले बीएलएल र बीएलएम भने अलिगड मुस्लिम यूनिभर्सिटीबाट गरेकी हुन् । उनले सञ्चारर्मीसँग कुराकानीमा आफ्नो लक्ष्य नै सरकारी वकील बन्नु रहेको बताएकी छिन् । अबको लक्ष्य बढीभन्दा बढी मुद्धाहरुलाई इमानदारी पूर्वक फैसला गरेर पीडितलाई न्याय दिनु रहेको बताएकी छिन् ।

मुस्लिम समुदायमा आज पनि शैक्षिकस्तर निकै कम रहेकोले उनीहरुलाई समेत उत्प्रेरणा जगाउन चाहेको उनको भनाई छ । उनले आफ्ना चाहाना र इच्छाशक्तिलाई सिमित नराख्न समेत सुझाब दिएकी छिन् । अबको नयाँ पुस्ताले आफ्ना लागि मात्र होइन समाजका लागि पनि सोच्नुपर्ने उनको धारणा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *