हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
मध्यपहाडी लोकमार्ग हुँदै घुम्टे पुग्न डाडैडाँडा पर्यटन पदमार्ग
कौरव खत्री
बागलुङ । बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे जोड्न पर्यटन पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका ७ मल्मस्थित डेढ किलोमिटरको पदमार्ग निर्माण भएको छ । दरमखोलाको भीमसेन ढुङगादेखि आँगखेत, सिरबारे, मल्मडाँडा भल्साङ राम्चेढुङगा, अजिराखर्क, तुलसी मैरा, सानो घुम्टे हुदै घुम्टेसम्म उक्त पर्यटन पदमार्ग निर्माण गर्ने लक्ष्य अनुरु पहिलो चरणमा निर्माण कार्य सम्पन्न भएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड (क)का अध्यक्ष रुद्र केसीले जानकारी दिनुभयो ।
पर्यटनको प्रशस्त सम्भावनाले भरिएको घुम्टे लेकमा सहज रुपमा आवात जावत गर्नका लागि पदमार्ग कार्यलाई तिव्रता दिईएको अध्यक्ष केसीले बताउनुभयो । साथै उहाँले भन्नुभयो, सरकारसँग समन्वय गरेर विकास निर्माणलाई थप अगाडी बढाउने लक्ष्य अनुरुप काम अगाडी बढाएको छ । गण्डकी प्रदेश सरकारको २० लाखको लागतमा पदमार्गको पहिलो चरण अन्तर्गतको काम गरिएको हो ।
ढुङगाको सिडीसहितको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्टे पुग्न सहजता प्रदान गर्ने योजनालाई अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ख का अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी दिनुभयो । पञ्चवर्षे योजना निर्माण गरेर बाँकी कामलाई तदारुकताका साथ अगाडी बढाईने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
घुम्टे पर्यटनको प्रचुर संम्भावना बोकेको क्षेत्र भएकोले यसलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले पर्यटन पदमार्ग निर्माण अगाडी बढाएको भु–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण प्रसाद घिमिरेले बताउनुभयो । पर्यटकहरु बढी पैदल यात्रा गर्न रुचाउने भएकोले सरकारले पर्यटन पदमार्ग निर्माणमा जोड दिएको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत घिमिरेले बताउनुभयो ।
यो पदमार्ग डाडैडाँडाबाट निर्माण गर्न लागिएकोले यसको छुट्टै महत्व रहने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाले बताउनुभयो । पदमार्ग निर्माण भएपछि यात्रा अवधिभर डाँडाकाडाको मनोरम दृश्य हिम श्रृङखलाहरु, वन जंगल बस्तीको दृश्यावलोकन सककगै पर्यटकले आनन्द लिन सकिन्छ वडाअध्यक्ष थापाले भन्नुभयो ।
पदमार्ग निर्माण पश्चात मध्यपहाडी लोकमार्गबाट घुम्टेसम्म झण्डै ३ घण्टाको पैदल यात्रामा पुग्न सकिने छ । गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र ताराखोला गाउपालिकाले घुम्टेमा पर्यटन विकासको निमित्त विकास निर्माणका पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छन् ।
यतिबेला निर्माण हुने यस पदमार्गको यात्राको क्रममा गलकोट क्षेत्रको मनोरम दृश्य सँगै छिमेकी जिल्ला गुल्मीको पनि दृश्यावलोकन गर्न सकिने छ । घुम्टेमा विभिन्न प्रजातीका लालीगुँरास,जडीबुटी,चराचुरुङगी,जनावर लगायत पाईन्छन् । त्यँहाबाट नेपालका विभिन्न सहरहरु, हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिने हुदा प्रकृतिको मनोरम आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्टे जाने गर्दछन् ।
घुम्टेमा प्रसिद्व सिद्व भैरवको मन्दिर रहेकोले अहिले मन्दिरको पुन निर्माण गरेर थप व्यस्थित र आकर्षक बनाइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष वैशाख पुर्णिमामा भव्य मेला लाग्ने गर्दछ । घुम्टे पुग्न पाण्डवखानीको सिद्वथान, हरिचौरको टेउवा, ताराखोला गाँउपालिकाको हिलदेखि पनि पर्यटन पदमार्ग निर्माण कार्य अगाडी बढाईएको छ ।