नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

समाजसेवी सिंहले बनाए छुट्टाछुट्टै स्थानमा दुई प्रतीक्षालय
कौरव खत्री
बाग्लुङ्ग । बाग्लुङ्गका एक समाजसेवी व्यक्तिले छुट्टाछुट्टै स्थानमा दुई वटा प्रतीक्षालय निर्माण गरेका छन् । ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्गका समाजसेवी धिरप्रताप सिंहले बडिगाड गाँउपालिका ६ भिमगिठे छिस फाँटमा आफ्ना स्वर्गीय हुजरबुवा कप्तान मेहरसिंह खत्री र स्वर्गीय हजुरआमा हरिकला खत्रीको स्मृतिमा प्रतीक्षालय निर्माण गरिदिएका हुन् ।
साथै सोही गाँउपालिका वडा नं.६ को ठूलाबेसीमा स्वर्गीय पिता चुर्णमानसिंह केसी र स्वर्गीय माता तारादेवी केसीको स्मृतिमा प्रतीक्षालय निर्माण गरि दिएका छन् । त्यस्तै कुल ६ लाखको लागतमा निर्माण भएका दुई वटा प्रतिक्षालय मध्यपहाडी लोक मार्गको छेउमै रहेका छन् ।
गाँउपालिका वडा नं. ६ का दुई फरक–फरक स्थानमा निर्माण गरिएका प्रतीक्षालयमा मानिसहरुलाई घामपानी दुवै समयमा हिड डुल गर्दा भारी विसौनी र बसेर केही समय थकान मेटाउनका लागि निकै सहयोग पुगेको छ ।
समाजसेवी सिंहले विगत लामो समयदेखि निरन्तर रुपमा शिक्षा क्षेत्रमा समाजसेवा गदै आएका छन् ।