काठमाडाैँमा जग्गा किन्ने साेच्दै हुनुहुन्छ, हेर्नुस् कुन ठाउँकाे मूल्य कति छ ?

काडमाडौं । सरकारले काठमाडाैँकाे बिभिन्न क्षेत्रकाे जगगाकाे सरकारी मूल्य ताेकेकाे छ । जग्गाबाट राजस्व उठाउन सरकारले मूल्य तोकेको हो। सरकारले ताेकेकाे मूल्य अनुसार नै कर निर्धारण हुनेछ । ताेकिएकाे मूल्यभन्दा कम मूल्यमा जग्गाकाे काराेबार भए पनि कर सरकारले ताेकेकै मूल्य बराबरकाे बुझाउनुपर्ने छ ।

सरकारले बिभिन्न मापदण्डका आधारमा जग्गाकाे मूल्य ताेकेकाे हाे । साेही अनुसार जग्गासँग बाटो जोडिएको र नजोडिएको तथा गोरेटो बाटो भएको ठाउँको फरक फरक मूल्य तोकेको छ।

मालपोत नियमावली २०३६ को नियम ५ ख को उपनियम ४ बमोजिम काठमाडौं जिल्ला क्षेत्रका जग्गाको मूल्य निर्धारण भएको हो। देशभरका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको परामर्शमा मूल्य तोकेका छन्। सरकारले निर्धारण गरेको सो मूल्य साउन १ गतेदेखि लागू भइसकेको छ।

काठमाडौं रिङरोडका दायाँबायाँका जग्गाको मूल्य ३५ लाख सम्म तोकिएको छ। मातपोत कार्यालय कलंकीले सार्वजनिक गरेको मूल्य यस्तो छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *