What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बुटवलमा बुद्धमूर्ति तोडफोड भएको घटनाप्रति मगर युवा संघको खेद (विज्ञप्तीसहित)
What To Know
- काठमाडौँ । बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएको घटनाप्रति नेपाल मगर युवा संघले भ्रत्सना गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै नेपाल मगर युवा संघ प्रदेश नम्बर ५ ले गौतम बुद्धको प्रतिमाहरु धार्मिक सहिष्णुता खलबलाउने काम गरेको भन्दै दोषीमाथि तत्काल कार्वाही गर्न माग गरेको छ ।.
- सिद्धार्थ गौतम बुद्धको प्रतिमाहरु धार्मिक सहिष्णुता खलबलाउने गरी केही अराजक तत्वहरुले गए राति तोडफोड गरी क्षतबिक्षेत अवस्था पारिएको हुँदा नेपाल मगर युवा संघ, प्रदेश नम्बर ५ घोर भ्रत्सनासहित् खेद प्रकट गर्दछ । प्रदेश ५ संयोजक राम अस्लामीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, बुद्धको जन्मभुमी लुम्बिनी क्षेत्रभित्र नै यस्तो घटना हुनु अत्यन्तै दुस्खद घटना भएको संघ को ठहर छ ।.
काठमाडौँ । बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएको घटनाप्रति नेपाल मगर युवा संघले भ्रत्सना गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै नेपाल मगर युवा संघ प्रदेश नम्बर ५ ले गौतम बुद्धको प्रतिमाहरु धार्मिक सहिष्णुता खलबलाउने काम गरेको भन्दै दोषीमाथि तत्काल कार्वाही गर्न माग गरेको छ ।
सिद्धार्थ गौतम बुद्धको प्रतिमाहरु धार्मिक सहिष्णुता खलबलाउने गरी केही अराजक तत्वहरुले गए राति तोडफोड गरी क्षतबिक्षेत अवस्था पारिएको हुँदा नेपाल मगर युवा संघ, प्रदेश नम्बर ५ घोर भ्रत्सनासहित् खेद प्रकट गर्दछ । प्रदेश ५ संयोजक राम अस्लामीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, बुद्धको जन्मभुमी लुम्बिनी क्षेत्रभित्र नै यस्तो घटना हुनु अत्यन्तै दुस्खद घटना भएको संघ को ठहर छ ।
बहुजातीय बहुधार्मिक मूलुकमा यस्तो अराजक घटना घटाउने धार्मिक सम्प्रादायिक द्वन्द्व निम्त्याउने यस्ता अराजक तत्वहरुलाई कठोर दण्ड सजाय गर्न नेपाल मगर युवा संघले माग गरेको छ ।
प्रेस बिज्ञप्ति
—————
बुटवल भैरहवा सडक खण्ड सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका योगिकुटी देखी भलवारी बिच रहेको ६ लेन सडक बिच मेडिएनमा राखिएको विश्व शान्तीका अग्रदुत सिद्धार्थ गौतम बुद्धको प्रतिमाहरु धार्मिक सहिष्णुता खलबलाउने गरी केही अराजक तत्वहरुले गए राती तोड फोड गरि क्षतबिक्षेत अवस्था पारीएको हुँदा नेपाल मगर युवा संघ, प्रदेश नम्बर ५ घोर भर्त्सना सहित् खेद प्रकट गर्दछ ।
बुद्धको जन्म भुमी लुम्बिनी क्षेत्र भित्र नै यस्तो घटना हुनु अत्यन्तै दु:खद घटना भएको संघ को ठहर् छ ।
बहुजातीय बहुधार्मिक मुलुकमा यस्तो अराजक घटना घटाऊने धार्मिक सम्प्रादायिक द्रन्द्ध निम्त्याउने यस्ता अराजक तत्वहरुलाई तत्काल कारबाही सहित् कठोर दण्ड सजाय नेपाल मगर युवा संघ जोडदार माग गर्दछ ।
संयोजक
राम अस्लामी
नेपाल मगर युवा संघ, ५ नम्बर प्रदेश
मिति: २०७६-०४-०२
तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्य बढाउन र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान दिन ६ लेन सडकको बीच डिभाइडरमा योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेको थियो । ६ लेन सडकको डिभाइडरमा तीनसय मिटर दुरीको फरकमा बुद्ध मूर्ति छन् । गत बैसाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गर्नुभएको थियो ।
सडकको मेडिएनमा राखिएका बुद्धमूर्ति मध्ये शंकरनगर चोकदेखि नयामिलसम्मका ४ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाईएको छ । उक्त मूर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।