बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कसले गर्यो बुटवलमा रातारात बुद्धका मूर्ति तोडफोड
रुपन्देही । बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मूर्ति गए राति तोडफोड भएका छन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ ।
तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्य बढाउन र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान दिन ६ लेन सडकको बीच डिभाइडरमा योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेको थियो । ६ लेन सडकको डिभाइडरमा तीनसय मिटर दुरीको फरकमा बुद्ध मूर्ति छन् । गत बैसाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गर्नुभएकाे थियाे ।
सडकको मेडिएनमा राखिएका बुद्धमूर्ति मध्ये शंकरनगर चोकदेखि नयामिलसम्मका ४ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाईएको छ । उक्त मूर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन ।
घटनास्थल पुगेर प्रहरी टोलीले अध्ययन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।