नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति रौनियार घुससहित रंगेहात पक्राउ
सुनसरी। बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारसहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा ८ लाख घूससहित पक्राउ गरेको हो ।
प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयाे ।
डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ। अख्तियार स्रोतका अनुसार उनी रौनियारका नातेदार समेत रहेको बताइएकाे छ ।
धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको लागतमा भवन निर्माण हुँदै छ।