What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

हावाहुरीपीडितका घर बनाउन सेनाद्वारा दुईवटा प्रस्ताव तयार, के के छ विशेषता ?
What To Know
- काठमाडाैँ । बारा र पर्सा जिल्लामा चैत १७ गतेको विनाशकारी हावाहुरी र असिना पानीबाट घरबारविहीन भएका परिबारको घर बनाउने प्रक्रिया अगाडि बढाइएको छ । घरबारविहीन भएकाहरूको घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले निर्माण प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि सेनाले कुन ढाँचा र कति लागतमा घर बनाउने भन्नेबारे दुईवटा प्रस्ताव रक्षा मन्त्रालयमार्फत सरकार समक्ष पेस गरेको छ ।.
- सरकारको निर्णय अनुसार वर्षायाम सुरु हुनुअघि नै पीडितहरुलाई नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य छ । रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले बारा र पर्साका हावाहुरी पीडितका घर निर्माणका लागि नेपाली सेनाले बिहीबार दुईवटा प्रस्ताव पेस गरेको बताउँदै उक्त प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल गरी छिटोभन्दा छिटो अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरिने जानकारी दिनुभयो ।.
काठमाडाैँ । बारा र पर्सा जिल्लामा चैत १७ गतेको विनाशकारी हावाहुरी र असिना पानीबाट घरबारविहीन भएका परिबारको घर बनाउने प्रक्रिया अगाडि बढाइएको छ । घरबारविहीन भएकाहरूको घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले निर्माण प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि सेनाले कुन ढाँचा र कति लागतमा घर बनाउने भन्नेबारे दुईवटा प्रस्ताव रक्षा मन्त्रालयमार्फत सरकार समक्ष पेस गरेको छ ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बारा र पर्साका हावाहुरीपीडितको घर बनाउने जिम्मेवारी पाएसँगै सेना त्यसको तयारीमा जुटेको जानकारी दिनुभयो ।
एउटा घरपरिवारका लागि आवश्यक पर्ने न्यूनतम मापदण्ड समेटेर सरकार समक्ष दुईवटा प्रस्ताव पेस गरिएको छ ।
पहिलो प्रस्तावमा करिब छ लाख रुपियाँको लागतमा तयार हुनेगरी दुई वटा कोठा, एउटा भान्साघर र एउटा शौचालयसहितको घर निर्माण गर्ने र दोस्रोमा दुई वटा कोठा, एउटा शौचालय र बरण्डामा भान्सा घर निर्माण हुने गरी प्रस्ताव गरिएको छ ।
प्रस्ताव दुई अनुसारको घर निर्माणका लागि प्रति घर पाँच लाख रुपियाँ अनुमान गरिएको प्रबक्ता पाण्डेले बताउनुभयो ।
बारा जिल्लामा एकहजार ३६२ र पर्सा जिल्लामा ९१ वटा घर निर्माण गर्नुपर्ने देखिएको बताउँदै उहाँले घर निर्माणका लागि नेपाली सेनाको १० वटा टोली परिचालन गर्ने तयारी भइसकेको जानकारी समेत दिनुभयो ।
घर निर्माणका लागि सेनाले सरकारको निर्णय कुरेर बसिरहेको बताउँदै प्रवक्ता पाण्डेले भन्नुभयो, “पीडितहरुको घर निर्माणका लागि आवश्यक पर्न सक्ने जनशक्ति, उपकरण र सामग्रीसहितको टोली तयारी अवस्थामा रहेको छ, कुन ढाँचा (मोडेल) र कति लागतमा घर बनाउनेबारे सरकारको निर्णय आउने वित्तिकै सेनाको टोली कार्यस्थलतर्फ जानेछ ।”
सरकारको निर्णय अनुसार वर्षायाम सुरु हुनुअघि नै पीडितहरुलाई नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य छ । रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले बारा र पर्साका हावाहुरी पीडितका घर निर्माणका लागि नेपाली सेनाले बिहीबार दुईवटा प्रस्ताव पेस गरेको बताउँदै उक्त प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल गरी छिटोभन्दा छिटो अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरिने जानकारी दिनुभयो ।
चैत २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बारा र पर्साका हावाहुरी पीडितलाई बर्षा सुुरु अघि नै घर बनाइदिने र सो निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जनता आवास कार्यक्रमको मोडेलमा घरहरू निर्माण गर्ने निर्णय सरकारले गरेको थियो ।
आवास निर्माणका लागि प्रदेश २ सरकारका प्रमुख सचिवले समन्वय र सहजीकरण गर्ने गरी पाँच सदस्यीय समिति समेत बनाइएको छ । समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रतिनिधि रहेका छन् ।