What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

तानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजर
What To Know
- नगरपालिकाले शुक्रबार मात्रै मापदण्ड विपरित सार्वजनिक बाटो अतिक्रमण गरि भौतिक संरचना बनाईएको भन्दै तानसेन ७ जैसीचौपारीमा एक घर डोजर नै लगाएर भत्काईएको छ । डोजर नै चलाएर घर भत्काउने मनाशय नगरपालिकाको नभए पनि पटक पटक लिखित र मौखिक जानकारीको अबज्ञाय कारण बाध्यताले डोजर प्रयोग गर्नुपरेको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।.
- नगरपालिकाले डोजर नै निर्माणधिन घरको पिलर ,घरको जग ,गाहेको संरचना ध्वस्त बनाईदिएको छ । करिब ५ लाख खर्च गरि भरर्खरै घरको डिपिसीको काम पुरा भएको थियो । यता आफ्नो घर भत्काईएको दुख व्यक्त गर्दै पिडित सुमनका परिवारले भने आफुहरुलाई गरिब देखेर तानसेन नगरपालिकाले विभेद गरेको पिडित सुमनका परिवारले गुनासो गरेका छन । आफुहरुको घर भुकम्पले भत्कीएपछि घर बनाउने अन्य कुनै पनि जग्गा नभएकाले बाटो नजिकैको थोरै जग्गाको सदुपयोग गरि घर बनाएको पिडितले बताएका छन ।.
पाल्पा । तानसेन नगरपालिकाले मापदण्ड विपरित धमाधम निर्माण भईरहेका घर डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ । तानसेन नगरलाई सुन्दर बनाउने योजना अनुरुप पछिल्लो समय तानसेन नगरपालिकाले सडक अतिक्रण गरी बनाइएका संरचना ,फुटपाथ पसल ,सडक छेउछाउमा यत्रतत्र राखिएका निर्माण समाग्रीलाई व्यवास्थित गर्न सक्रिया भएको छ ।
नगरपालिकाले शुक्रबार मात्रै मापदण्ड विपरित सार्वजनिक बाटो अतिक्रमण गरि भौतिक संरचना बनाईएको भन्दै तानसेन ७ जैसीचौपारीमा एक घर डोजर नै लगाएर भत्काईएको छ । डोजर नै चलाएर घर भत्काउने मनाशय नगरपालिकाको नभए पनि पटक पटक लिखित र मौखिक जानकारीको अबज्ञाय कारण बाध्यताले डोजर प्रयोग गर्नुपरेको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।
नगरपालिकाले डोजर नै निर्माणधिन घरको पिलर ,घरको जग ,गाहेको संरचना ध्वस्त बनाईदिएको छ । करिब ५ लाख खर्च गरि भरर्खरै घरको डिपिसीको काम पुरा भएको थियो । यता आफ्नो घर भत्काईएको दुख व्यक्त गर्दै पिडित सुमनका परिवारले भने आफुहरुलाई गरिब देखेर तानसेन नगरपालिकाले विभेद गरेको पिडित सुमनका परिवारले गुनासो गरेका छन । आफुहरुको घर भुकम्पले भत्कीएपछि घर बनाउने अन्य कुनै पनि जग्गा नभएकाले बाटो नजिकैको थोरै जग्गाको सदुपयोग गरि घर बनाएको पिडितले बताएका छन ।
नगरका भित्रै मापदण्ड विपरित बनेका जनप्रतिनिधि, र लब्ध प्रतिष्ठित व्यत्तिहरुले राजनैतिक दलको आडमा भवन आचारसहित विपरित बनेका गगनचुम्बी भौतिक संरचनामा कदम चलेर ऐन कानुन निमुखा गरिब धनिमानि पहुँचवाल सबैलाई बराबर हुन्छ भन्ने कुराको प्रमाणि गर्न तानसेन नगर सरकार अग्रसर हुनै पर्छ ।