रामपुरका २ हार्डवयरमा चोरी, चोरीका घटनाले व्यापारीमा त्रास

सीता डोटेल पाल्पा ।
व्यस्त रामपुर बजारको तल्लो चोकमा गएराती भएको पसल चोरीको घटनाले व्यवसायीमा त्रास बढेको छ । बेझाँड बजारमा रहेको चन्द्रसुर्य हार्डवयर र लुम्बिनी हार्डवयरमा मंगलबार राती चोरी भएको हो । हार्डवयरका सामान भएकाले सामानको चोरीको हिसाव खासै नभएपनि पसलमा रहेको खुल्ला रकम गरि झण्डै २२ हजार रुपँया चन्द्र सुर्य हार्डवयर प्रालिबाट चोरी भएको सञ्चालक सुरेन्द्र आचार्यले बताउनुभयो । लुम्बिनी हार्डवयरको १५ हजार ५ सय चोरी भएको छ । बढ्दो शहरीकरणसँगै मुख्य बजारका पसलबाट भएका चोरीका घटनाले व्यापारी व्यवसायीमा त्रास बढेको बताएका छन् । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपालसिं रानाका अनुसार सटरमा ताला लगाएपनि सटरको तल्लो भाग बङ्ग्याएर नै पसलबाट चोरी भएको छ । चोरीको प्रकृति फरक भएकाले चोरीको घटनाले यहाँ शंसकिंत बनाएको छ । रातको समयमा चोरी भएकाले विहान पसल खोल्ने क्रममा मात्र चोरी भएको थाहा भएको हो । चोरी विषयमा अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रानाले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *