पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई

बनेपा। नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा आज पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र राजधानी’ विषयक अन्तरक्रियामा उहाँले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको सङ्घीय व्यवस्था पनि कुनै वेला अन्त्य गरिनुपर्ने अवस्था आउने भएकाले अहिलेको लागि आन्तरिक सङ्क्रमणकालमा हामीलाई सङ्घीयता चाहिएको छ ।”

संयोजक डा भट्टराईले अहिले बनाएको सङ्घीयताको मोडल खिचडी खालको भएको र त्यसमा कुनै खालको आधार नै नबनाई अगाडि सारेको बताउनुभयो । उहाँले अरू प्रदेशहरुले जातीय, सांस्कृतिक पहिचान बिनाको प्रदेशको नामकरण गरेको उल्लेख गर्दै ३ नं प्रदेशको नामकरण जातीय बाहुल्यता भएको तामाङ र नेवारको पहिचान रहने गरी नामकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिनेश लामाले तीन वटा सरकारले पाउने अधिकार क्षेत्रलाई उचित ढङ्गले उपयोग गर्दै त्यसको कार्यान्वयनको अभ्यासलाई तलसम्म छिट्टै लानुपर्ने बताउनुभयो । मुलुक सङ्घीयताबाट पछि नहट्ने भएकाले त्यो अधिकार क्षेत्रमा गरिरहेको अभ्यासलाई थप विकास गर्ने क्रममा भएको कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

माघ १५ गतेदेखि पाँचथरको चिवाभञ्जाङबाट फागुन १५ मा बैतडीको झुलाघाटमा एक हजार ८७९

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *