काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
१५ लाखको योजनामा सिंचाई कार्यालयको किर्ते, एक करोडको योजनामा बार्गेनिङ्ग
हुमाकान्त पोखरेल
गुल्मी । जिल्लाको मुसिकोट नगरपालिकाको २ र ३ तथा इस्मा गाउँपालिकाको १ र २ मा निस्ति खोलाले बर्षेनी कटान गर्छ । कटान रोक्न ५ नं प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयबाट १५ लाख बजेट बिनियोजन ग¥यो । कामका लागि पुसको पहिलो हप्ता दुवै स्थानीय तहका जनप्रतिनिधीको रोहवरमा श्रीराम महतको अध्यक्षतामा निस्ती खोला नियन्त्रण योजना उपभोक्ता समिति पनि गठन गरियो । तर कार्यालयले त्यो समितिलाई थाहै नदिई अर्को समिति बनाएर कामको सम्झौता गरेको खुलासा भएको छ । उपभोक्ता समितिका अध्यक्ष महत योजनाको सम्झौता गर्न कार्यालय पुग्दा यो रहस्य खुलेको हो ।
कार्यालय र केही स्थानीयहरुको मिलेमोतोमा सोही योजनाकै नक्कली नामाकरण गरी ‘ढाँडखोला निस्ती खत्रीकाटुडा’ तट्बन्ध उपभोक्ता समिति गठन गरिएको छ । जसको अध्यक्ष यम बहादुर खत्री हुन् । यो योजनाबाट करिव डेढ सय उपभोक्ता लाभाम्बित हुन्छन् । उपभोक्ता समिति गठन बहुमतको उपस्थिती हुनुपर्ने कानुनी प्राबधान छ । तर नक्कली भनिएको समितिमा एकाघरका सहित १३ जनाको उपस्थिती उठाइएको छ । यो उपभोक्ता समितिमा तीन जना स्थानीय र अरु सबै बाहिरका मानिसहरुको नाम लेखी हस्ताक्षर गराइएको श्रीराम महतले दावी गरे । ‘ढाँडखोला निस्ती खत्रीकाटुडा’ उपभोक्ता समितिका सदस्य मिन बहादुर महतले माथिबाट बजेट माग गर्न भन्दै आफुहरुलाई बोलाएर हस्ताक्षर गरिएको बताए । उनले आफु समितिमा रहेको बिषयसंग भने अनबिज्ञ रहे ।
‘नक्कली समिति र मिति बिनाको उपभोक्ता समितिको भेला गैर कानुनी हो ।’ स्थानीय राजेन्द्र बिक्रम कुवंरले भने,‘ यो कार्यबाट कार्यालयका प्रमुख र त्यस मातहतका इन्जिनियर तथा केहि स्थानीय मिलेर रकम हिनाबिना पार्न खोजिएको देखिन्छ ।’ सिँचाई डिविजन कार्यालयले बनाएको ‘ढाँडखोला निस्ती खत्रीका टुडाको तटबन्द गत बर्षनै सम्पन्न भएको कुवंरले बताए । उनले यो कार्यालयका अन्य करतुत पनि बाहिर ल्याउन लागिएको बताए । यो नक्कली समितिको सम्झौताको लागि कार्यालयले टिप्पणी र आदेश उठाएको छ ।
कार्यालयका सह–इन्जिनियर शालिकराम भुसाल र इन्जिनियर श्याम सुन्दर ठाकुरलाई बोधार्थ बनाई कार्यादेश उठाइएको प्रमाण भेटिएको छ । भने इस्मा गाउँपालिका १ हस्तिचौरका वडाध्यक्ष चुरा बहादुर खत्रीले समेत सम्झौताको लागि सिफारिस दिएका छन् ।
कार्यालयले बनाएको ‘ढाँडखोला निस्ती खत्रीकाटुडा’ उपभोक्ता समितिको जिम्मा मुसिकोट नगरपालिका २ का राम बहादुर केसीलाई दिएको छ । नक्कली भनिएको समितिका अध्यक्ष यम बहादुर खत्री तीनकै बुवा हुन् ।
त्यस्तै कार्यालय प्रमुख ज्ञवालीले सम्झौताको टिप्पणी र आदेशमा समेत मिति उल्लेख नगरिएको भेटिएको हिरा एसीले बताए । कार्यालय, उपभोक्ता समिति र वडा अध्यक्षले गरेको सिफारिस सवै गैर कानुनी भएको उनको भनाई छ । यो बिषयमा कार्यालय प्रमुख बिराट ज्ञवालीले आफुलाई लगाएको आरोप निराधार रहेको बताए । काम गर्नकै लागि केहि व्यावहारिक समस्या देखिएकाले समयमै काम गर्न खोज्दा आफुलाई विभिन्न आरोप लगाइएको ज्ञवालीले बताए । कार्यालयले बनाएको ‘ढाँडखोला निस्ती खत्रीकाटुडा’ उपभोक्ता समितिको जिम्मा मुसिकोट नगरपालिका २ का राम बहादुर केसीलाई दिएको छ । नक्कली भनिएको समितिका अध्यक्ष यम बहादुर खत्री तीनकै बुवा हुन् ।
कमिशनको बार्गेनिङ्ग
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रमुखको यो मात्रै नक्कली काम होइन् । यो संगै उपभोक्ता समितिसंग काम गर्दा पैसाको बार्गेनिङ्ग गर्ने गरेको समेत खुलेको छ । यो बर्षनै ५ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट इस्माको लागि ‘छल्दि अल्छिङ सिँचाई योजना’ शिर्षकमा एक करोड विनियोजन भएको छ । स्थानीय माया खत्रीको अध्यक्षतामा उपभोक्ता समितिको पनि गठन गरियो । खत्रीसहित स्थानीय दान बहादुर जिसी सम्झौताको लागि सिँचाई कार्यालयमा पटक–पटक आए । तर जिसीलाई कार्यालय प्रमुख विराट ज्ञवालीले २० प्रतिशत कमिशनको बार्गेनिङ्ग गर्ने गरेका कारण अहिलेसम्म सम्झौता भएको छैन् । ‘धेरै पटक सम्झौताको लागि कार्यालयमा आयौं, प्रमुख ज्यूले कमिसनको बार्गेनिङ छोड्नु भएन,’ जिसीले भने, ‘अझैसम्म १० प्रतिशत आफुलाई र बाँकी अरु कर्मचारीलाई दिनुपर्ने अडान उहाँको छ ।’ कार्यालय प्रमुख ज्ञवालीले आफ्नै निवासमा बोलाएर बार्गेनिङ्ग गर्ने र नदिए योजनानै अन्यत्र सारिदिने चेतावनी समेत दिने गरेको जिसीले बताए ।
इस्मा गाउँपालिका प्रमुख लक्षमण विष्टले कार्यालयले योजनामा उपभोक्ता नै नभएको मानिसलाई अध्यक्ष बनाउन लगाएर काम गर्न खोजेको आरोप लगाए । गाउँपालिकाले पटक–पटक सिफारिस गरेको कुरालाई फरक फरक सिफारिस माग्दै कार्यालयले दुख दिएको बिष्टले बताए । कार्यालयले गरेको नक्कली कामको बिरुद्धमा पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन जाने तयारी भएको इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । यो बिषयमा भने कार्यालय प्रमुख ज्ञवाली गाउँपालिकाले बनाएकै उपभोक्ता समितिसंग तीनदिन भित्र सम्झौता गर्ने गरि, बार्गेनिङ्गको बिषयमा माफी मागेका थिए ।