दोस्रो रामपुर महोत्सवका रोचक तस्विरहरु….. (फाेटाे फिचर)

पाल्पा । पूर्वी पाल्पाकाे ब्यापारिक केन्द्र रामपुरमा शुक्रबारदेखि दोस्रो रामपुर महोत्सव  सुरु भएको छ । ‘‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार’’ भन्ने नारा सहित मेला सुरु भएको छ । मेलाको उद्घाटन नेपाल सरकारकार श्र्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गर्नु भएको थियो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कालीगण्डकी बेशीको विकासको लागि उद्योग वाणिज्य संघ सम्पूर्ण संस्था संग समन्वय गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।

मेला उद्घाटनको अवसरमा विभिन्न क्लव, विद्यालय, संघ, संस्था र समुहले ६१ वटा बढी झाँकी प्रदर्शन गरेका थिए । महोत्सव उद्घाटनपूर्व रामपुर उद्योग वाणिज्य संघको कार्यालय नहर अफिस बाट बेझाँड बजार हुँदै स्थानीय संस्कृती झल्काउने लोपन्मुख धर्मोदय दशावतार बालन, मगरी संस्कृती झल्काउने झ्याउरे , मारुनी, विश्वकर्मा समुदायको नचरी, लोकभजन, जतिय पहिचान झल्काउने भेषभुषा, नेपाल एकिकरणको समयको झल्को दिने ठकुरी समाजको झाँकी, उत्पादित तरकारी सहितका कृषक तथा आमा समुह, विद्यार्थी, खेलाडीहरुको सहभागीता रहेको थियो ।

कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण गरी रामपुर सहित गण्डकी बेशी क्षेत्रको पहिचान कायम राख्ने, संघको संस्थागत दिगोपन संगै भवन निर्माणको लागि सहयोग जुटाउन उद्देश्यका साथ सुरु भएको मेलामा कृषि उपज तथा घरेलु उद्योगबाट उत्पादित स्थानीय उत्पादन, प्रतिष्ठित उद्योगबाट उत्पादित स्तरिय वस्तु, अटोमोबाईल सहितको २ सय ५० भन्दा बढी स्थलहरु रहेको छ ।

मेलोका पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी, माधव भण्डारी लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।१ लाख ५० हजार दर्शकले अबलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा ८ देखि १० करोडको कारोवार गर्ने लक्ष्य लिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । महोत्सव आउँदो माघ ८ गते सम्म चल्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *