What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ज्योतिको शाखा तानसेनमा
तानसेन । ज्योति विकास बैंकले पाल्पाको तानसेनमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवालालाई जनताको घरदैलो सम्म पु¥याउने उद्देश्य अनुरुप सदरमुकाम तानसेनमा नयाँ शाखा विस्तार गरेको हो । बैंकले तानसेन नगरपालिका वडा ४ मा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही र बैंकका सञ्चालक नारायण प्रसाद पौड्यालले संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको थियो । बैंकले आईतबार नै स्याङ्जाको वालिङ नगरपालिका वडा ८ मा पनि नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।






