रहेनन् पूर्वसांसद विजय पौडेल

काठमाडाैं । जनता टेलिभिजनका सञ्चालक पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

उनी  एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए ‍ । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए ।

विजय पुराना कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *