What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
What To Know
- बैंकले जारी गरेको विज्ञप्तिअनुसार ग्राहकको खाताबाट कट्टी गरिएको करको विवरण आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश गर्न प्यान अनिवार्य भएकाले यथाशीघ्र प्यान अद्यावधिक गर्न अनुरोध गरिएको हो। ग्राहकले बैंकको प्यान अपडेट पोर्टल वा एनआईसी एशिया मोबाइल बैंकिङ एपमार्फत प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको शाखा कार्यालयमा गएर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।.
- त्यसैगरी, ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ। ग्राहकले भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’मा रहेको ‘चेन्ज इमेल’ विकल्पमार्फत इमेल अद्यावधिक गर्न सक्नेछन्। आवश्यक परे नजिकको शाखाबाट पनि यो सेवा लिन सकिने बैंकले जनाएको छ।.
काठमाडौं । एन आई सी एशिया बैंक ले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार ग्राहकको खाताबाट कट्टी गरिएको करको विवरण आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश गर्न प्यान अनिवार्य भएकाले यथाशीघ्र प्यान अद्यावधिक गर्न अनुरोध गरिएको हो। ग्राहकले बैंकको प्यान अपडेट पोर्टल वा एनआईसी एशिया मोबाइल बैंकिङ एपमार्फत प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको शाखा कार्यालयमा गएर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्यान अद्यावधिक भएपछि ग्राहकको ब्याज कर कट्टीसम्बन्धी विवरण ई–टीडीएस प्रणालीमा स्वतः प्रविष्ट हुने छ। यसबाट कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्रका लागि बैंक धाउनुपर्ने झन्झट कम हुने विश्वास बैंकले लिएको छ।
बैंकले प्यान अद्यावधिक नगराएका कारण ई–टीडीएसमा कर विवरण समावेश नभए वा पछि कर समायोजन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरेको छ।
त्यसैगरी, ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ। ग्राहकले भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’मा रहेको ‘चेन्ज इमेल’ विकल्पमार्फत इमेल अद्यावधिक गर्न सक्नेछन्। आवश्यक परे नजिकको शाखाबाट पनि यो सेवा लिन सकिने बैंकले जनाएको छ।
यसअघि प्यान उपलब्ध गराउँदा पनि करकट्टीको विवरण समावेश नभएको वा इमेल अद्यावधिक नभएको अवस्थामा ग्राहकले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत सहायता लिन सक्ने बैंकले जनाएको छ।






