शान्ति सेवा गृहका १५० विद्यार्थीलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री सहयोग

What To Know

  • काठमाडौं । NIC Asia Bank ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित Shanti Sewa Griha मा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।.
  • शान्ति सेवा गृहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिएको शैक्षिक सामग्रीले उनीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न र अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।.

काठमाडौं । NIC Asia Bank ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित Shanti Sewa Griha मा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्ताेष कुमार रथीले फागुन २८ गते आयोजित एक कार्यक्रममा झोला तथा अन्य शैक्षिक सामग्री संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई हस्तान्तरण गरेका हुन्।

लामो समयदेखि परोपकारी कार्य गर्दै आएको शान्ति सेवा गृह अन्तर्गत रहेका विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरिएको छ।

यसअघि पनि बैंकले विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै सातै प्रदेशका विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ।

शान्ति सेवा गृहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिएको शैक्षिक सामग्रीले उनीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न र अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *