एन आई सी एशिया बैंकद्वारा सातै प्रदेशका ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

What To Know

  • काठमाडाैं । एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले गरिब तथा विपन्न, पिछडिएका वर्ग र अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सुरु गरेको हो।.
  • एन आई सी एशिया बैंकले यसअघि पनि सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। साथै, सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको जनाएको छ।.

काठमाडाैं । एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले गरिब तथा विपन्न, पिछडिएका वर्ग र अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सुरु गरेको हो।

बैंकले काठमाडौं उपत्यका बाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्येबाट छनोट गरी ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ। छनोट प्रक्रिया सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीको प्रतिनिधित्व हुने गरी गरिएको थियो।

एन आई सी एशिया बैंकले यसअघि पनि सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। साथै, सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको जनाएको छ।

बैंकका अनुसार यो छात्रवृत्तिले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, व्यक्तित्व विकासमा सहयोग पुर्‍याउन तथा अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रेस विज्ञप्तिमा सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले बैंक शिक्षा क्षेत्रको विकासमा निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। ००००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *