एन आई सी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

What To Know

  • काठमाडाैं । एन आई सी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर कर्जा उपलब्ध गराउने ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढिरहेको बैंकले समयअनुसार ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै यो योजना ल्याएको जनाएको छ।.
  • यस योजना अन्तर्गत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। बैंकका अनुसार औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखी बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ।.

काठमाडाैं । एन आई सी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर कर्जा उपलब्ध गराउने ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढिरहेको बैंकले समयअनुसार ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै यो योजना ल्याएको जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। बैंकका अनुसार औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखी बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ।

गोल्ड लोन योजनाअन्तर्गत गरगहना खरिद गर्नका लागि समेत कर्जा लिन सकिने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ। यो कर्जा सेवा बैंकका तोकिएका विभिन्न शाखामार्फत प्राप्त गर्न सकिनेछ।

ग्राहकलाई कर्जा सम्बन्धी सेवा अझ सहज बनाउने उद्देश्यले एन आई सी एशिया बैंकले एकद्वार प्रणालीअन्तर्गत ‘कर्जा सहायता केन्द्र’ स्थापना गरेको पनि जानकारी दिएको छ। उक्त केन्द्रमार्फत कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै प्रभावकारी समाधान गरिने बैंकको भनाइ छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *