What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ।
आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावली र निर्देशिकाअनुसार बन्दसूची पेस गर्न अनुरोध गरेको हो। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दिउँसो ४ बजेसम्ममा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा राजनीतिक दललाई समयमै आवश्यक कार्य सम्पन्न गर्न अनुरोध गरिएको छ।






