What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
श्री अर्घा रजस्थल माविको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
What To Know
- विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सीराम रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासे प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा सन्धिखर्क नगरपालिका भौतिक पूर्वाधार निर्माण समितिका संयोजक एवं वडा अध्यक्ष पदमबहादुर भुसाल र नगर शिक्षा अधिकृत मञ्जु आचार्यको विशिष्ट आतिथ्य रहेको थियो।.
- प्रमुख अतिथि तथा अन्य वक्ताहरूले विद्यालयको चौतर्फी विकासका लागि शुभकामना व्यक्त गर्दै आ-आफ्नो स्थानबाट जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सुरक्षा निकायका प्रमुखहरू र स्थानीय बुद्धिजीवीहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमकाे सञ्चालन शिक्षक बल बहादुर रायमाझीले गर्नुएकाे थियाे ।.
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ९, अर्घास्थित श्री अर्घा रजस्थल माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सीराम रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासे प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा सन्धिखर्क नगरपालिका भौतिक पूर्वाधार निर्माण समितिका संयोजक एवं वडा अध्यक्ष पदमबहादुर भुसाल र नगर शिक्षा अधिकृत मञ्जु आचार्यको विशिष्ट आतिथ्य रहेको थियो।
शिक्षक छबिलाल चुदालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरज भट्टराईले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सम्मान तथा कदर: कार्यक्रमको अवसरमा विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याउने सहायक प्रधानाध्यापक सरस्वती गौतम र शिक्षक छबिलाल भुसाललाई सम्मान गरिएको थियो। त्यसैगरी, विद्यालयको सर्वाङ्गीण विकासका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने दाताहरू एवं विभिन्न शीर्षकमा अक्षयकोष स्थापना गर्ने महानुभावहरूलाई पनि विद्यालयका तर्फबाट सम्मान गरियो।
सांस्कृतिक रौनक: कार्यक्रमको बीच-बीचमा विद्यार्थीहरूले प्रस्तुत गरेका साङ्गीतिक एवं बेजोड सांस्कृतिक प्रस्तुतिहरूले चिसो मौसममा पनि उपस्थित दर्शकहरूलाई न्यानोपन र मनोरञ्जन प्रदान गरेका थिए।
मन्तव्य र ऐक्यबद्धता: प्रमुख अतिथि तथा अन्य वक्ताहरूले विद्यालयको चौतर्फी विकासका लागि शुभकामना व्यक्त गर्दै आ-आफ्नो स्थानबाट जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सुरक्षा निकायका प्रमुखहरू र स्थानीय बुद्धिजीवीहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमकाे सञ्चालन शिक्षक बल बहादुर रायमाझीले गर्नुएकाे थियाे ।






