What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पहिले जनताले तिरेको करमा तर मार्ने, अहिले जनतालाई झुक्काएर प्रधानमन्त्री बन्ने ?
What To Know
- उनीहरु आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्दै जङगी अड्डा धाइरहेका छन् । रोचक प्रसंग के भने, दुवै अवसरवादी व्यक्ति हुन् । आफूलाई जता फाइदा हुन्छ, उनीहरु त्यतै लाग्छन् । कहिले एमाले, कहिले काँग्रेस त कहिले माओवादी । उपत्यकाबाहिर जिल्लामा जन्मिएका यिनीहरुको न काठमाडौंमा घर थियो न सम्पत्ति । अहिले यिनीहरुको काठमाडौंमा अंकुत सम्पत्ति छ ।.
- देश लुट्नमा नेताको मात्र होइन, कर्मचारीको हात बराबरको हात छ । नेतालाई नटेर्ने, सेवाग्राहीलाई घुस माग्ने, बेलैमा सेवा नदिने त कर्मचारी हुन् । तर, नेताको घर मात्र जलाइयो, उनीहरुमाथि मात्र कुटपिट गरियो । देशबाट साँच्नै नै भ्रष्टाचार हटाउनुछ भने पहिले सरकारी कर्मचारीमा सुधार गर्न आवश्यक छ । कर्मचारीकै कारणले देश बिग्रिएको छ । देशमा व्यवस्था परिवर्तन गर्न नेता पटकपटक जेलनेल पुगे ।.
अनुसा थापा
जेन जीले गरेको दुई दिने हिंसात्मक र ध्वंशात्मक आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै यतिबेला अन्तरिम सरकार बनाउने प्रक्रियामा छ । सो सरकारको नेतृत्वका लागि विभिन्न व्यक्तिको नाम चर्चामा आइरहेको छ । जसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीदेखि लिएर नेपाल विद्युत प्राधिकरणका पूर्वकायकारी निदेशक कुलमान घिसिङ्गसम्म रहेका छन् ।
उनीहरु आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्दै जङगी अड्डा धाइरहेका छन् । रोचक प्रसंग के भने, दुवै अवसरवादी व्यक्ति हुन् । आफूलाई जता फाइदा हुन्छ, उनीहरु त्यतै लाग्छन् । कहिले एमाले, कहिले काँग्रेस त कहिले माओवादी । उपत्यकाबाहिर जिल्लामा जन्मिएका यिनीहरुको न काठमाडौंमा घर थियो न सम्पत्ति । अहिले यिनीहरुको काठमाडौंमा अंकुत सम्पत्ति छ ।
कुलमानले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । यता, सुशीला पनि पदमा हुँदा विभिन्न विवादमा तानिएकी थिइन् । दुवैको छवि स्वच्छ छैन । र, भ्रष्टाचारीलाई हटायौं भनेर पुनः त्यस्तै व्यक्तिलाई पदमा ल्याउने प्रयास भइरहेको छ । अनि देशमा के परिवर्तन भयो ? जनताले के बुझ्नुपर्छ भने यहाँ नेताभन्दा बढी कर्मचारी भ्रष्टाचारी छन् ।
देश लुट्नमा नेताको मात्र होइन, कर्मचारीको हात बराबरको हात छ । नेतालाई नटेर्ने, सेवाग्राहीलाई घुस माग्ने, बेलैमा सेवा नदिने त कर्मचारी हुन् । तर, नेताको घर मात्र जलाइयो, उनीहरुमाथि मात्र कुटपिट गरियो । देशबाट साँच्नै नै भ्रष्टाचार हटाउनुछ भने पहिले सरकारी कर्मचारीमा सुधार गर्न आवश्यक छ । कर्मचारीकै कारणले देश बिग्रिएको छ । देशमा व्यवस्था परिवर्तन गर्न नेता पटकपटक जेलनेल पुगे ।
हो, उनीहरुले जनताको अपेक्षाअनुसार काम गर्न सकेनन् । तर, त्यसमा कर्मचारीको पनि त हात छ । अनि कर्मचारीलाई चाँहि किन जोगाएको ? जनता सबैभन्दा बढी ठोक्किने कर्मचारीसँग हुन् । कर्मचारीहरु सही नहुँदा देशको आज यो अवस्था बनेको हो । देश लुट्ने कर्मचारी, सरकारी ढुकुटीमा मोजमस्ती गर्ने कर्मचारी, भ्रष्टाचार गर्ने कर्मचारी अनि कुटाइ खाने नेता मात्रै ।
हिजो बहुदलीय व्यवस्थामा होस् या आजको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा होस्, कर्मचारी लुटेको लुट्यै छन् । नेताले चुनाव जितेर आएपछि पाँच वर्ष पदमा बस्ने हुन् । उनीहरुले त्यतिबेला कमाएको पैसा फेरि अर्को चुनावमा खर्च गर्छन् । तर, सरकारी कर्मचारी लोकसेवा पास गरेपछि पेन्सन नपाकेसम्म सोही पदमा रहन्छन् । त्यो पदमा रहँदासम्म उनीहरुले गर्नुसम्म भ्रष्टाचार गर्छन् ।
अब सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छ । नेतालाई लखेट्दा भ्रष्टाचारी सरकारी कर्मचारीलाई किन जोगाउने ? र, त्यसमा सुशिला र कुलमान पनि आउँछन् । यिनीहरुको पनि सम्पत्ति छानबिन गरौं । अनि यिनीहरु कतिको चोखो रहेछन् ? दूधको दूध, पानीको पानी भइहाल्छ । हिजो राजनीतिक परिवर्तनको क्रममा यिनीहरुको केही योगदान छैन । हजारौं जनताको सन्तान शहिद भएर ल्याएको व्यवस्था हो यो ।
जब राजनीतिक आन्दोलन भइरहेको थियो, यिनीहरु सरकारी गाडी चढिरहेका थिए । महिनैपिच्छे जनताले तिरेको करबाट तलब खाइरहेका थिए, आफ्नो भविष्य सेटल गरिरहेका थिए । पदमा हुञ्जेल उनीहरुलाई देशको माया लागेन । राजनीतिक परिवर्तनमा कुलमान र सुशिलाको के हात छ ? उनीहरुले आफ्ना सन्तान गुमाएका छन् ? अहिले जुन आन्दोलन भयो, त्यसमा उनीहरुको के योगदान छ ?
जनताको छोराछोरीले गोली खाएका छन् । गोली खाइदिने अरु, अनि नेतृत्व गर्नेचाँहि यस्ता अवसरवादीहरु ? यिनीहरुलाई म प्रधानमन्त्री बन्छु भन्न पनि लाज लाग्नुपर्ने हो । तर, लाज पचाएकाहरु अहिले पालैपालो जङ्गी अड्डा धाइरहेका छन् । सरकारी कर्मचारीले जागिरबाट अवकाश हुने बेलामा ‘राज्यको विरोधमा बोल्दिनँ, जनता भड्काउँदिन, राज्यलाई गोप्य सूचना दिन्छु, राज्यलाई आवश्यक परेको बेलामा खटिन्छु’ भनेर हस्ताक्षर गरेका हुन्छन् ।
राज्यविरोधी गतिविधि गरेमा उनीहरुको पेन्सन रोकिन्छ । पूर्वप्रधानन्यायाधीश सुशिला राज्यविरुद्धको आन्दोलनमा सडकमै आएकी थिइन् । उनले उचाल्दाखेरि आज नेपालीको इतिहास सिंहदरबार दनदनी बलेको छ । संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सर्वोच्च अदालत, सयौं सरकारी कार्यालय, प्रहरी चौकी जलेको छ । र, यसको जिम्मा उनले पनि लिनुपर्छ ।
कानुनबमोजिम उनलाई कारबाही हुनुपर्छ कि पर्दैन ? समाजमा उत्तेजना फैलाएर खर्बौंको सरकारी सम्पत्ति ध्वस्त बनाउनेलाई प्रधानमन्त्री होइन, कानुनको कठघरामा उभ्याउनुपर्छ । देश ध्वस्त बनाएर प्रधानमन्त्री बन्न पाइन्छ ? सुशिला कार्कीले के जनतालाई भेँडा सोचेकी छिन् । जताबाट पाइन्छ, त्यतै लुट्न खोज्ने । २०४६ सालमा त्यत्रा जनताको मृत्यु भयो । तिनको परिवारले कहिल्यै पद पाएन ।
माओवादी जनयुद्धको क्रममा १७ हजारको शहिद भयो । तर, तिनलाई पनि पदबाट सँधै टाढा राखियो । अहिलेको आन्दोलनमा ३४ जनाको मृत्यु भएको छ । तिनका परिवारलाई दिऊँ प्रधानमन्त्री । त्यो न्याय हुन्छ । जसले देशका लागि कहिल्यै कुनै योगदान दिएको छैन, उनीहरुलाई किन पद दिने ? जनताले तिरेको कर खाएर सुशिला र कुलमान अब देश चलाउन निस्किएका छन् ।
हिजो कर खाए, अब पद खाने दाउमा छन् । जनताले खाइनखाई तिरेको करमा सुशिला र कुलमानले दर मारेका छन् । यिनीहरुले अहिलेपनि पेन्सन खाइरहेका छन् । जबकि, जनता भोकभोकै हिँडेका छन् । अनि यस्ताको अनुहार नचिन्नेहरुले के नयाँ नेपाल बनाउँछन् ? जनता अब चुप लागेर नबसौं । गलत व्यक्तिहरुलाई सत्ताको डोरी नदेऊ । सबै भूपू, बहालवाला कर्मचारीको सम्पत्ति छानबिन गर्न दबाब दिऊ ।
कर्मचारीहरुले सँधै धमिलो पानीमा माछा मारिरहेका छन् । नेताहरुलाई देखाएर सरकारी कर्मचारीले भ्रष्टाचार गरेका छन् । अहिले एउटा सामान्य सरकारी कर्मचारीको पनि काठमाडौंमा महलजस्तो घर छ । त्यो कसरी बन्यो ? काठमाडौंजस्तो ठाउँमा छोरीछोरी पढाएर, घरपरिवार पालेर जग्गा किनेर घर बनाउन पुग्छ ? के यो भ्रष्टाचार होइन । कर्मचारीको आम्दानी कति थियो, खर्च कति ? खोजौं ।
सबै प्रष्ट भइहाल्छ । नेतालाई देखाएर कर्मचारीहरुले धेरै रजाइँ गरे । व्यवस्था परिवर्तनका क्रममा भूमिगत जाने नेता, जनताको कुटाइ खाने नेता अनि मोजमस्ती गर्ने कर्मचारी । यो देश बिगार्नमा नेताभन्दा बढी कर्मचारीको हात छ । देश नेताले होइन, कर्मचारीले चलाएका छन् । यो कुरा जनताले बुझ्न आवश्यक छ । यत्रा नेताको घर जलाइयो । व्यापारीको भवनहरु पनि ध्वस्त पारियो ।
नेताले त कुटाइ पनि खाए । तर, एक जना सरकारी कर्मचारीको पनि घर तोडफोड भएन । उनीहरुले कुटाइ खाएनन् । अब भनौं–यहाँ षड्यन्त्र भएको छ कि छैन ? योजनाबद्ध रुपमा यो काम गरिएको छ भन्ने कुरा जनताले बुझिसकेका छन् । सुशिला काँग्रेसको कोटाबाट प्रधानन्यायाधीश भए । कुलमान माओवादीको कोटाबाट विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बने ।
आफ्नो स्वार्थ पुरा भएपछि उनीहरु पार्टीको विरोधमा लागेका छन् । यिनीहरुको रणनीति बुझ्न नसक्दा आज पार्टीहरुको बेहाल भयो । अब जनता सचेत होऔं । यस्ता अवसरवादी व्यक्तिलाई हामी पाल्न पनि सक्दैनौं, प्रधानमन्त्री पनि मान्न सक्दैनौं ।