संविधानको धारा–६१ अनुसार सुशीला कार्की अन्तरिम सरकारकाे प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नयाँ संविधान जारी भएपछि हालसम्मका सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन हुँदै आएका थिए तर युवा (जेन–जी) आन्दोलनको बलमा अघि बढेकी कार्कीलाई भने संविधानको धारा–६१ बमोजिम नियुक्त गरिएको हो ।

संविधानको धारा–६१ राष्ट्रपतिसम्बन्धी व्यवस्था हो । यसमा प्रधानमन्त्रीको पद, अधिकार वा नियुक्ति सम्बन्धी प्रसंग उल्लेख छैन । धारा ६१ (१) र (२) मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने, संविधान र संघीय कानूनबमोजिम कार्य सम्पादन गर्ने र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । त्यस्तै, संविधानको पालना र संरक्षण गर्ने कर्तव्य राष्ट्रपतिलाई तोकिएको छ ।

यही धारा अनुसार राष्ट्रपति पौडेलले आफ्नो कर्तव्य र क्षेत्राधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *