What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मेटाले सरकारलाई सोध्यो– सूचीकरणका लागि कागजात के–के चाहिन्छ ?
What To Know
- काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले सरकारलाई सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा चासो राखेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयमा इमेल लेखेर सूचीकरणका लागि चासो राखेको हो ।.
- “मेटाको केन्द्रीय कार्यालयको आधिकारिक डकुमेन्ट, नेपालको कर कार्यालयमा दर्ता भएको डकुमेन्टसहित इमेलमा सबै विवरण प्राप्त भएर सूचीकरण भएमा निष्क्रिय गरिने छैन,” उनले भने । उनका अनुसार यसलाई मेटा आधिकारिक रुपमा सूचीकरणका लागि आएको भनेर भन्न सकिने अवस्था भने छैन ।.
काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले सरकारलाई सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा चासो राखेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयमा इमेल लेखेर सूचीकरणका लागि चासो राखेको हो ।
सरकारले बिहीबारमात्रै सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउँदै लगिने निर्णय गरेको थियो । त्यसपछि मेटा सम्पर्कमा आएको हो ।
उनका अनुसार मेटा ‘फर्मल च्यानल’बाट नआएका कारण यसैलाई आधार मान्न नसकिने निष्कर्ष सरकारको छ । मेटाले इमेलमार्फत् माग गरेको जानकारी आफूहरुले पनि इमेलमार्फत् नै पठाएको उनले बताए ।
“मेटाको केन्द्रीय कार्यालयको आधिकारिक डकुमेन्ट, नेपालको कर कार्यालयमा दर्ता भएको डकुमेन्टसहित इमेलमा सबै विवरण प्राप्त भएर सूचीकरण भएमा निष्क्रिय गरिने छैन,” उनले भने । उनका अनुसार यसलाई मेटा आधिकारिक रुपमा सूचीकरणका लागि आएको भनेर भन्न सकिने अवस्था भने छैन ।