युवासंघकाे अध्यक्षमा थेबे चुनावबाट चुनिए

काठमाडाैं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । दशौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले अध्यक्षका अर्का प्रत्यासी सुमन पुरीको चुनौती पन्छाएका हुन् ।

मत परिणामअनुसार थेबेले ७०० भोट पाए भने पुरीलाई ५४० मत परेको छ । निर्वाचनमा १४ सय ४ मत खसेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *